
स्थानीयका अनुसार गाग्रीकाे लेक ऐडी ओढारमा र खोटी सल्लामा बसिरहेका उनीहरूलाई राहत सामग्री दिएर हेलिकाेप्टर फर्किएको हाे । हिउँ बाक्लो जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएकाले प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताइन । साेही कारण उनकै पहलमा कर्णाली सरकारले खाद्यन्न खसालेकाे हाे ।
हेलिकाेप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई राहत दिएर फर्किएको तातोपानी-८ का सुरत बहादुर शाहीले बताए । जडिबुटी ( खिरौलो) कोर्न गएका गएका ३४ जना यहाँ फसेकाे खबर आएको उनले बताए । हेलिकाेप्टर ल्याड गर्ने अवस्था नभएपछि राहत वितरणकाे व्यवस्था मिलाइएकाे हाे ।
यस अछि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिष्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन । उनले भनिन्, ‘राहत दिने स्थानमा २० जना जति देखिएको र सबै सहकुसल रहेको अनुमान छ ।’
प्रतिक्रिया दिनुहोस्