images
images
  • एनआरए चुनाव: शेष घलेलाई कोरोना संक्रमण, उच्चस्तरीय समितिको बैठक स्थगित

    लण्डन- गैरआवासीय नेपाली संघ ‘एनआरए’का पूर्वअध्यक्ष शेष घलेलाई कोरोना संक्रमण भएको छ । गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार घले कोरोना संक्रमित भए पछि आज (शनिबार) डाकिएको उच्चस्तरिय समितिको बैठक स्थगित भएको छ ।

    संघको १० औं महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्नका लागि पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक आज मध्यान्ह १२ बजे डाकिएको थियो ।

    स्रोतका अनुसार घलेलाई शुक्रवार देखिनै उच्च ज्वरोले च्यापेको थियो ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले घलेको स्वास्थ्यमा समस्या देखिए पछि स्थगित वैठक आजै अवेर वा भोलि सम्म बस्न सक्ने बताए । उहाँको स्वास्थ्यमा सुधार हुने वित्तिकै बैठक बस्छ, धेरै आसंका नगर्न आग्रह गर्दछु पन्तले शनिवार विहान नेपालब्रिटेन डट कमसंग भने । उनले २८ तारिखमा हुने निर्वाचनको ताललिकामा कुनै हालतमा प्रभावित नहुने बताए ।

    प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन हुन नसकेपछि जनवरी १५ मा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद ९आइसीसी० को बैठकले संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

    उच्चस्तरीय समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र अध्यक्ष कुमार पन्त हुनुहुन्छ ।

    शनिवार बस्ने बैठकले प्रतिनिधि विवादको बारेमा अन्तिम निर्णय गर्ने र आजै मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण गर्ने पूर्व तयारी थियो तर घले अस्वस्थ भए पछि अन्योल सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images