images
images
  • साउदीको दम्माममा अलपत्र १५ नेपालीको चित्कारः ‘सरकार हामीलाई चाँडो उद्धार गर्नुहोस !’

    साउदी (दम्माम)-वैदेशिक रोजगारीका लागि करिब पाँच महिनाअघि साउदी अरबको दम्माम पुगेका १५ नेपाली अलपत्र परेका छन् ।

    आकर्षक रोजगारीको लोभ देखाएर वेस्टर्न ह्युमन रिसोर्स प्रालिमार्फत त्यहाँ पुगेका उनीहरुलाई सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । आफूहरुले मेनपावर कम्पनीलाई प्रतिव्यक्ति एक लाख ४० हजार देखि १ लाख ८० हजारसम्म पैसा बुझाएर साउदी रासिल कम्पनीमा आएको तर, मेनपावरले भने जस्तो काम तथा तलव सुविधा नपाएपछि अलपत्र परेको भन्दै उनीहरुले घर फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

    नेपालबाट मेनपावरले साउदी रशिन कम्पनी भने पनि यहाँ पुगेपछि सप्लाई कम्पनीमा पठाएकाले आफूहरु समस्यामा परेको तथा कम्पनी कुनै खाने पैसा पनि नदिएकाले आफू भोकभोकै बस्न बाध्य भएको अलपत्र परेका मध्ये खड्कबहादुर दंगालले जानकारी दिए । ‘हामी यहाँ आएको पाँच महिना हुन् लाग्यो न कम्पनीले काम नै दिएको छ नत खाने पैसा नै, अहिले हामी विभिन्न नेपाली साथीहरुले सहयोग गरेकोले बाँचिरहेका छौ ,’ खड्क बहादुरले भने, बाहिर काम गर्न जाऊ भने पनि पछि समस्या हुन्छ, हामी तनावमा छौ हामीलाई चाँडो उद्धार गर्नुपर्यो ।’

    यी हुन् साउदीको दाम्माममा अलपत्र परेका १५ नेपाली युवाहरु:1

     

    आफूहरुको समस्याबारे रियादस्थित नेपाली दूतावासलाई पनि जानकारी गराएको तर, दूतावासले पनि नेपालमा मेनपावरलाई भन्नु भन्ने जवाफ दिएको उनीहरुले बताएका छन् । नेपालमा मेनपावरलाई आफ्ना आफन्तहरुले गएर दबाब दिएपछि माघ १६ गते भित्रमा उद्धार गर्छौ भनेर कागज गरेको थियो । तर हालसम्म कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ । पछिल्लो समय मेनपावरले अब हामी केहि गर्न सक्दैनौ भन्दै धम्की दिने गरेको उनीहरुले आरोप लगाएका छन् ।

    ‘हामीले बकलाबाट उधारो दाल चामल खाएका थियौ अहिले बकलाको साहु आएर पैसा दे नत्र प्रहरी बोलाएर पठाउ छु भनेको छ,’ उनले थपे, ‘हामी त नेपाली साथीहरुको सहयोगमा बाचिरहेका छौ कहाँबाट पैसा ल्याएर दिने समस्या छ कति दिन साथीहरुको आशमा बाच्ने ?’

    आफूहरुले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सचिवालयले उपलब्ध गराएको नम्बरमा पनि गुनासो रहेको तथा त्यहाँबाट पनि अहिलेसम्म सुनवाई नभएको बताएका छन् ।उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई स्वदेश र्फकने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

    मेनपावर सञ्चालकले आफन्तसंग माघ १६ गते भित्र स्वदेश फिर्ता गर्छौ भनेको पत्र:

    2

    प्रतिक्रिया दिनुहोस्

    images
    images