images
images
  • फेसबुकमा कसैले तनाव दिइरहेको छ? यसरी गर्नुहोस् तिनलाई ब्लक

    काठमाडौं- तपाईंको फेसबुकको फ्रेन्ड लिस्टमा यस्ता साथीहरू हुन सक्छन् जसले तपाईं‌लाई अनावश्यक रूपमा मेसेज गरेर जिस्काउने, तपाईंको स्टेटस र पोस्टहरूमा नराम्रा कमेन्ट गर्ने, जथाभावी ट्याग गर्ने अथवा तपाईंलाई त्यो व्यक्ति मन नै नपर्ने पनि हुन सक्छ।

    यस्तोमा तपाईंले ती व्यक्तिहरूलाई सहजै अनफ्रेन्ड अर्थात् फ्रेन्ड लिस्टबाट हटाउन सक्नुहुन्छ। तर कोही व्यक्तिले तपाईंलाई एकदमै समस्या दिइरहेको छ भने त्यस्ता व्यक्तिलाई ब्लक नै गर्न सकिन्छ।

    अनफ्रेन्ड गर्दा ती व्यक्तिले तपाईंको प्रोफाइल हेर्न, तपाईंको गतिविधिहरू नियाल्न वा मेसेज पनि गर्न सक्छन्। तर ब्लक गरेपछि ती व्यक्तिले तपाईंको प्रोफाइल पत्ता लगाउनै सक्दैन। तपाईंले ब्लक गर्नुभएको व्यक्तिले तपाईंलाई कसैले कुनै पोस्टमा ट्याग गरेको छ भने पनि तपाईंको टाइमलाइन हेर्न मिल्दैन।

    यसरी गर्नुहोस् फेसबुकमा कसैलाई ब्लकः
    सुरूमा फेसबुक खाता लगइन गर्नुहोस्। सबैभन्दा माथि सर्च बक्सुमा तपाईंले ब्लक गर्न चाहनुभएको व्यक्तिको नाम खोज्नुहोस्। ती व्यक्तिको प्रोफाइल खुलेपछ मेसेु भन्ने लेखिएको दायाँ छेउमा रहेको तीन वटा डट थिच्नुहोस‍्।

    त्यहाँ तपाईंले क्रमशः अडियो कलु, भिडिओ कलु, सी फ्रेन्डसिपु लगायत देख्नुहुन्छ। त्यसमध्ये पाँचौं स्थानमा भएको ुब्लकु भन्ने विकल‍्प रोज्नुहोस्। अब तपाईंलाई फेसबुकले ती व्यक्तिलाई साँच्चै ब्लक गर्ने हो कि भनेर एउटा सन्देश पठाउँछ। तपाईंले पुनः स्क्रिनमा देखिएको ब्लक भन्ने विकल्पलाई ट्याप गर्नुहोस्।

    यसरी अब ती व्यक्ति तपाईंको फेसबुकबाट ब्लक हुन्छ। अब ती व्यक्तिले तपाईंको प्रोफाइल, टाइमलाइन, पोस्टहरू केही हेर्न मिल्दैन र तपाईंलाई मेसेज पनि पठाउन सक्दैन। तपाईंले ती व्यक्तिलाई ब्लक गर्नु भएको सन्‍देश अथवा नोटिफिकेसन पनि जाँदैन।

    प्रतिक्रिया दिनुहोस्

    images
    images