images
images
  • थप ३ हजार ६३७ जनाकम कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

    यस्तै कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images