images
images
  • वरिष्ठता मिचेर मन्त्री आलेले गरे उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारीलाई नियुक्त

    काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेको स्रोतले बताएको छ।

    मंगलबार सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णयमा प्राधिकरणको महानिर्देशक नियुक्तिबारे उल्लेख छैन। पुष २५ गतेदेखि महानिर्देशक पद रिक्त थियो। पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिपरिषद्मा अधिकारीको नाम सिफारिस गरेका थिए।

    १२ औं तहका ६ जना हुँदा हुँदै सरकारले ११ औं तहका अधिकारीलाई नियुक्ति गरेको हो। मन्त्री आलेले नै प्राधिकरण बोर्ड बैठकमा अधिकारीको नियुक्ति बारेमा जानकारी गराएको स्रोतको भनाइ छ। बुधबार सार्वजनिक बिदा परेकोले अधिकारीले बिहिबार मन्त्रालयबाट नियुक्तिको चिठी बुझ्ने बताइएको छ।

    भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर १२औं तहका कर्मचारी हुन्। ठाकुरले निमित्त महानिर्देशकको जिम्मेवारी निभाएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images