काठमाडौं- सरकारले हराएको भनिएको २४ लाख डोज कोरोना भाइरस संक्रमणविरुद्धको खोप खोजी गर्न छानविन समिति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानविन गर्न पाँच सदस्यीय समिति बनाएको हो । पाँच सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ ।
समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिइन् । कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको अभियानका क्रममा २४ लाख मात्रा खोप हराएको खबर बाहिरिएको थियो । उक्त खबर बाहिरिएपछि सरकारको चर्को आलोचना भएको थियो ।
मन्त्रालयले यसबारे यकिन जवाफ दिन नसकिरहेका बेला छानविन समिति नै बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















