मकवानपुर- राष्ट्रिय सभा सदस्य अन्तर्गत दुई सिटका लागि भएको चुनावमा बागमतीमा गठबन्धन विजयी भएको छ ।
गठबन्धनबाट महिलामा नेकपा ९एकीकृत समाजवादी०की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।
बुधबार सम्पन्न चुनावमा तिमल्सिनाले स्थानीय तहतर्फबाट ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरिन् भने पौडेलले स्थानीयतहतर्फ ११७ मत अर्थात् २१०६ मतभार प्राप्त गरेका छन् ।
यस्तै, तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २७३६ मतभार गरी कुल ४८२४,पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गरेका छन् ।
यस्तै, एमालेबाट महिलातर्फका उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार पाएकी छिन् । कुँवरले जम्मा ४३६२ मतभार प्राप्त गरिन् । एमालेबाटै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ उनले ४७ मत अर्थात् २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गरेका छन् ।


विश्व खबर 




















