images
images
  • ‘एनआरएनए’को डेलिगेट्स विवाद सुल्झाउन १० दिन म्याद थप

    काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा गठित उच्चस्तरीय समितिले डेलिगेट्स विवाद सुल्झाउने म्याद १० दिन थप गरेको छ । गत माघ १ गते बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले बुधबार (माघ १२) गते भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई कार्यादेश दिएको थियो । त्यसयता संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिले तीन पटक बैठक गरिसकेको छ ।

    मंगलबार बसेको बैठकमा संयोजक घलेले अहिलेसम्मको प्रगतिबारे जानकारी गराउंदै डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न १० दिन (आउँदो २२ माघ सम्म) कार्यावधि थप्न प्रस्ताव गरेको स्रोतले जनायो । उक्त प्रस्ताव छलफल पछि सर्व सम्मतिले पारित गरिएको थियो । त्यस्तै बैठकले एक कानुनी परामर्श समिति र एमआइएस ९मेम्बर्शिप इन्फरमेसन सिस्टम० का समस्या समाधान गर्न अर्को कार्यदल बनाउने निर्णय गरेको छ ।

    संयोजक घलेसंग परामर्श गरी समिति र कार्यदल गठन गर्न बैठकले अध्यक्ष कुमार पन्तलाई जिम्मा दिएको छ ।
    बैठक पछि जनसवालसंग कुरा गर्दै बैठकमा सहभागी एक पूर्व अध्यक्षले अहिले सम्म तीन ओटै बैठकहरु सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको बताए । “हामीहरुले सकभर फेब्रुअरी २०२२ भित्रै महाधिवेशन र चुनाव गर्ने गरी काम अगाडी बढाई रहेका छौं,’ उनले भने । घले नेतृत्वको उच्चस्तरीय समितिको सदस्यमा संस्थापक अध्यक्ष डा। उपे

    प्रतिक्रिया दिनुहोस्
    images
    images