• ओली कम्युनिस्ट आन्दोलनको गद्दार हुन्, हाम्रो रौँ हल्लँदैन: झलनाथ खनाल


    काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् ।

    सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् ।

    “केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो रौँ हल्लिदैन,” उनल भने ।

    आज बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्