काठमाडौं- नेपालमा कोभिड–१९ परीक्षण गरिएकामध्ये आज ४६.३४ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज २५ हजार ९०९ जनामा परीक्षण गर्दा १२ हजार ८ जनाको नतिजा पोजिटिभ आएको हो ।
माघ महिनाका ११ दिनमा मात्रै १ लाख ५४ हजार ३४७ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोभिड १९ संक्रमित हुनेको जम्मा संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या अहिले ८८ हजार ९३४ छ । यीमध्ये ५६ हजार ८८२ सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, धनुषा,चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी, रूपन्देही, बाँके र कैलाली ुरेड जोनुमा रहेका छन् । यी जिल्लामा ६ सयदेखि ९ हजार जनासम्म सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















