images
images
  • थप १२ हजार आठ जनामा कोरोना संक्रमण

    काठमाडौं- पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार आठ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    मन्त्रालयका अनुसार १८ हजार १०३ जनामा गरिएको पीसीआर परीक्षणमा नौ हजार ४३२ जनामा र सात हजार ८०६ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ८८ हजार ९३४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा तिन हजार ४० जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images