images
images
  • बेलायतका नेपालीले सुरु गरे नेपालमा उच्च प्रबिधिको डिजिटल ई-क्याब” सर्भिस

    लन्डन- नेपालमा पहिलो पटक “ई-क्याब” ट्याक्सी सेवा सञ्चालनमा आएको छ ।सुक्रबार काठमाडौंको ठमेल स्थित चारतारे होटल “एलफ्टमा “ एक भब्य कार्यक्रमका बीच ई(क्याब” सेवाको उदघाटन गरिएको हो ।

    बेलायतमा लामो समयदेखी रहेका सफल युवाको रूपमा परिचय बनाएका नेपाली व्यवसायीहरू दिपक श्रेष्ठ,सन्तोश मण्डल,सजनी लामा र रबट बिश्वकर्माले प्रबिधिमैत्री ‘ई(क्याब नेपाल’नामक ट्याक्सी सेवा सुरु गरेका हुन् ।

    ई(क्याब” सेवाको उद्घाटन गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा-उपेन्द्र महतोको प्रमुख आतिथ्यमा सुक्रबार एक कार्यक्रमका सम्पन्न भएको छ ।

    औपचारिक उदघाटनपछि बोल्दै प्रमुख अतिथि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले “ई क्याब नेपालका निर्देशक हरुलाई बधाई ज्ञापन गर्दै-“ई क्याब नेपालको सफलता तथा सबल अनि विश्वसनीय रुपमा विस्तार हुन शुभकामना व्यक्त गरे ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघका ,पूर्व अध्यक्ष जिवा लामिछाने,उपाध्यक्ष बद्रि केशी पूर्व उपाध्यक्ष कुल आचार्य,नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याल,नेपाल-ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतान, ब्रिटेन-नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाल, नाटाका अध्यक्ष अच्युत गुरागाईं लगायतले शुभकामना दिएका थिए।

    कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सन्तोष मण्डल, वित्तीय निर्देशक रबर्ट विश्वकर्मा, व्यापार निर्देशक सजनी लामाले कम्पनीको विविध पक्षका बारेमा जानकारी दिएका थिए।

    जुझारू टिमले सुरु गरेको “ई क्याब नेपालले “ नेपालमा कार्यालय स्थापना गरि शुक्रबारदेखी सेबा शुरू गरेको हो। लामो समयदेखी बेलायतमा रहेको यी प्रबासी नेपालीहरूले प्रवासमा जानेको र सिकेको सिपलाई यसरी जन्मभूमिमा ल्याएर गरेको कार्यको तारिफ गरिएको छ । इ क्याबको यो कार्यको कार्यक्रममा उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए ।

    ई क्याब एक अनलाइन ट्याक्सी सेवा भएको जानकारी दिइएको छ । जानकारी दिइए अनुसार यो सेवामा डिजिटल क्यू आर प्रणालीमाबाट ट्याक्सी बूक गर्न सकिन्छ । जसमा हाल २ हजार भन्दा बढी दक्ष ट्याक्सी चालकहरू आवद्ध भैसकेको र आवद्धता बढाउने क्रम जारी रहेको कुरा बताइएको छ । ई-क्याबले यो सेवा बिश्वस्तरिय सेवासुविधाका साथ सुरु गरेको दाबी गर्दै निर्देशक दीपक श्रेष्ठले नयाँ प्रविधिसंग सबैलाई जोड्ने र सबैको हितको पक्षमा आफ्नो समूह लाग्ने कुरा बताए ।

    नेपाल सरकारले लिएको डिजिटल नेपाल अभियानलाई समेत सार्थकता दिने उद्देश्यले आफ्नो समूहले सेवा सुरु गरेको म्यानेजिंक डाइरेक्टर सन्तोस मन्डलले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images