images
images
  • बालुवाटारमा अनिश्चित, पेरिसडाँडामा सुचारु

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेको सर्वदलीय बैठक अनिश्चित बनेको छ ।

    आप्रधानमन्त्रीको निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएको थियो ।

    तर बिहान सवा ११ बज्दा पनि बैठक बसेको छैन ।

    उता पेरिस डाँडामा माओवादी केन्द्रको निवर्तमान स्थायी समितिको बैठक शुरु भएको छ । पार्टी मुख्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा नेताहरु नारायण काजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, कृष्णबहादुर महरा लगायतको उपस्थिति रहेको छ ।

    नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पदाधिकारी तोक्ने सम्बन्धमा बोलाइएको बैठक पटक पटक रोकिएपछि माओवादी केन्द्रले निवर्तमान स्थायी समितिको बैठक बोलाएको हो ।

    बैठकको निर्णय सुनाउदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकै पटक गर्ने विषयमा छलफल भएको बताए । उनले आजै बस्ने सत्तारुढ दलको उच्चस्तरीय समन्वय समितिको बैठकपछि मात्रै पार्टीको अवधारणा सार्वजानिक गर्ने निर्णय भएको जानकारी दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images