images
images
  • नेपालमा कोभिड संक्रमण तीव्र: एकै दिन १० हजार संक्रमित

    काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् ।

    २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images