images
images
  • कर्णालीका दुई नाकामा ‘होल्डिङ सेन्टर’

    कर्णाली । कर्णाली प्रवेश गर्ने सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’ निर्माणको प्रक्रिया अघि बढेको जनाइएको छ ।

    कोभिड–१९ को तेस्रो लहर रोकथामका सन्दर्भमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आज सन्देश जारी गर्दै पश्चिम सुर्खेतको कुइनेमा ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याइएको र भेरीगङ्गा नगरपालिका– १२ मा निर्माण प्रक्रिया सुरु गरेको जानकारी दिए।

    मुख्यमन्त्रीले प्रदेशका सात जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन, खोप सेवासँगै प्रभावकारी परीक्षण तथा विगतमा सञ्चालनमा ल्याइएका आइसोलेशन, भेन्टिलेटर, आइसियूलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको छ, “प्रदेश प्रवेश विन्दुमा एन्टिजेन परीक्षण कार्यलाई थप प्रभावकारी बनाउन र त्यस्तो परीक्षणबाट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा राख्ने व्यवस्थाका लागि सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।”

    प्रदेशस्तरीय कोभिड–१९ निर्देशक समितिको बैठकले कर्णालीका नागरिकलाई ओमिक्रोन भाइरस सङ्क्रमणबाट बचाउन होल्डिङ सेन्टरलाई प्रभावकारी बनाउन, सबै स्थानीय तहलाई विगतमा गरेका कामलाई निरन्तरता दिन निर्देशन दिइएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images