images
images
  • हमाल दम्पत्ति विहेको सातौं बैबाहिक वर्षगाँठ मनाउँदै


    काठमाडौं। अभिनेता राजेश हमाल र पत्नी मधु सोमबार विहेको सातौं वर्षगाँठ सेलिव्रेसन गर्दैछन् ।

    ५६ वर्षे हमाल र ३३ वर्षे मधु भट्टराईलाई ‘पावरफूल कपल’ पनि मानिन्छ । लामो समयको सम्बन्धलाई विहेमा परिणत गरेको यो जोडी अहिले पनि उत्तिकै रोमान्टिक मानिन्छ ।

    यो जोडी भविष्यलाई लिएर उत्तिकै आशावादी पनि छ । फ्यामिली प्लानिङदेखि फिल्म हुँदै समाजसेवा गर्ने हमालका योजना छन् । तर, तत्काल बच्चा बनाइहाल्ने योजना उनीहरुको छैन ।

    तत्काल फ्यामिली बनाइहाल्ने पक्षमा नभएपनि उनीहरु सन्तानको योजनामा चाहिँ छन् । ‘सन्तान भएपनि ठीक र नभएपनि ओके मुडमा उहाँहरु हुनुहुन्छ’ हमाल निकट पारिवारिक स्रोतले भन्यो, ‘तत्काल फ्यामिली प्लानिङ गर्ने योजना चाहिँ छैन ।’

    हमालले यसअघि पनि फ्यामिली प्लानिङबारे खुलेर बोलेका थिएनन् । उनले त्यसलाई भगवानको इच्छा भए हुने भन्दैै टार्न खोजेका थिए ।

    निकट भविष्यमा हमाल मोटिभेसनल स्पिकरको रुपमा देश दौडाहामा निस्कने भएका छन् । सबै जिल्ला पुगेर युवाहरुलाई प्रेरणादायी प्रवचन दिने उनको योजना छ । ‘उहाँ मोटिभेसनल स्पिकरको रुपमा देश भ्रमणमा जाने तयारीमा हुनुहुन्छ’ स्रोतले भन्यो ।

    हमाललाई अहिले मधुको साथ छ । खानेपिउनेदेखि जीवनका अन्य योजनामा मधुले उनलाई सघाएकी छिन् । लामो समयको ग्यापपछि हमाल फिल्ममा कमब्याक हुनुमा मधुको भूमिका छ । मधुले नै प्रेरित गरेपछि हमालले फिल्ममा पुनरागमन गरेका थिए । अहिले मधु हमालको सबै पक्षको ख्याल राख्छिन् ।

    बिराटनगरकी मधु र काठमाडौंका राजेश हमाले विहे लामो समय प्रेम सम्बन्धमा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images