images
images
  • कोरोना पोजिटिभ भइन् नोरा फतेही, आफ्नो हेल्थ अपडेट दिंदै बताइन् “कैयौ दिनदेखि बडेमा छु..मलाई खराब असर गर्यो”

    भारतमा फेरि कोरोनाको खतरा बढेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रानको संक्रमण तिव्र रुपमा फैलिएको छ । यसै बीच खबर आएको छ कि अभिनेत्री नोरा फतेही पनि कोरोना पोजिटिभ भएकी छिन् । नोरा फतेहीले यसको जानकारी सोशल मिडिया मार्फत दिएकी छिन् र उनको हालत ठीक छैन ।

    कोरोना पोजिटिभ भएपछि नोराले आफूलाई क्वारिन्टिन गरेकी छिन् र अहिले उनी डाक्टरको निगरानीमा छिन् । नोराको तर्फबाट जारी बयानमा भनिएको छ कि उनी २८ दिसेम्बरमा संक्रमित पाइएको हुन् र सबै नियमको पालना गर्दै नोरा बीएमसीको साथ कोअपरेट गरिरहेकी छिन् ।
    हालै आफ्नो गीत डान्स मेरी रानीको प्रमोशनको लागि गुरु रंधावाको साथ सलमान खानको शो बिग बो १५ देखि लिएर कपिल शर्माको शोमा पनि उनी पुगेकी थिइन् ।

    दुर्भाग्यले खराब असर देखियो

    नोराले इंस्टाग्राम स्टोरीमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिदैं लेखेकी छिन्, “साथीहरु दुर्भाग्यले म कोभिडसँग जुझिरहेको छु । यसले वास्तवमै असर गरेको छ । कैयौं दिनदेखि ओछ्यानमा छु र उठ्न सकेकी छैन र डाक्टरको निगरानीमा छु । कृपया गरेर सुरक्षित रहनुहोस् र मास्क लगाउनुस् । यो छिटो फैलिरहेको छ र कसैलाई पनि अलग ढंगले हुन सक्दछ । दुर्भाग्यले मलाई खराब असर गर्यो । यो कसैलाई पनि हुन सक्दछ । म ठीक हुने कोशिस गरिरहेको छु । अहिले यही कुरा नै माने राख्दछ । स्वास्थ्यभन्दा जरुरी केही छैन । स्वस्थ रहनुहोस् । ”

    प्रतिक्रिया दिनुहोस्
    images
    images