काठमाडौं- चर्चित र्यापर आशिष राना अर्थात् ‘लाहुरे’ पक्राउ परेका छन् । लागुऔषध कारोबारसम्बन्धी मुद्दामा मुछिएपछि उनलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो।
प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि विस्तृत विवरण दिन इन्कार गरेको छ।
उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । लाउरे भनेर चिनिने आशिष राना मगर उनी चर्चित र्यापर हुन् ।
पोखरा घर भएका उनलाई गु औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।
उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















