images
images
  • बान्ता वा वाकवाकी रोक्ने यी हुन् घरेलु उपाय

    काठमाडौं । चिसोयाममा खाना बढी खाने बित्तिकै वाकवाकी वा बान्ता होलाजस्तो हुन्छ । खानेकुराको तालमेल नमिल्दा बान्ता तथा झाडापखालाको समस्या बल्झिन्छ । तर हाम्रो भान्सामा पाइने केही खानेकुराले बान्ता आउनबाट रोक्छन् ।

    पुदिना
    करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिना मानव स्वास्थ्यका लागि निकै उपयोगी छ । औषधीय गुणले भरिपूर्ण पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसले थकित व्यक्तिलाई ताजापन दिन्छ ।

    पुदिनाले पाचतन्त्रलाई पनि बलियो बनाउने काम गर्छ । पुदिनामा पाइने प्राकृतिक तेलले पेटलाई आराम दिन्छ । यसले ग्याष्ट्रिकको समस्यालाई पनि कम गर्छ । यसले सुन्निएको, झाडापखाला, बान्ताको समस्यालाई पनि निर्मूल गर्छ ।

    अदुवा
    अदुवा स्वादिष्ट मसालाभित्र पर्छ । विश्वव्यापी प्रयोग गरिने अदुवालाई नियमित भोजनमा सहभागी गराउन सकियो भने स्वास्थ्यलाई फाइदा हुन्छ । यसलाई तरकारी दाल, माछा, मासुमा मसलाको रुपमा प्रयोग गर्न सकिन्छ । मांसपेशी दुखाईबाट छुटकारा दिन अदुवाले ठूलो भूमिका खेल्छ । यसकासाथै यसले वाकवाकी लाग्ने समस्याबाट पनि राहत दिन्छ ।

    स्याउको अचार
    स्याउको अचारले वाकवाकी र झाडापखालाको समस्याबाट राहत दिन्छ । स्याउको अचारले पेटलाई स्वस्थ राख्छ ।

    कागती पानी
    वाकवाकीको समस्याबाट बच्न कागती पानी राम्रो विकल्प हुन्छ । किनभने यसमा न्यूट्रलाइजिङ एसिड हुन्छ । पानीमा ताजा कागतीको रस मिसाएर दिनभर पिउँदा फाइदा गर्छ । यसकाबाहेक कब्जियतले वाकवाकी समस्या भएमा कागतीको रससँग तातो पानी पिउनाले तुरुन्त आराम मिल्छ ।

    नरिवल पानी
    नरिवलको पानीमा पोटासियमको मात्रा धेरै हुन्छ । जसकारण शरीरबाट अतिरिक्त पानीलाई बाहिर निकाल्छ । यस क्रियाकलापले पेटलाई शान्त बनाउँछ र खानेकुरा पचाउन सजिलो हुन्छ । जसले वाकवाकी रोक्नुका साथै कब्जियतबाट पनि बचाउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images