images
images
  • आमिर खानले गरे प्रेमिकासँग गुपचुप बिहे !

    १५ वर्षको लामो वैवाहिक यात्रापछि बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले गत जुलाईमा सम्बन्ध-विच्छेद गरे। आफ्नो दोस्रो विवाह सफल हुन नपाउँदै आमिर तेस्रो पटक बिहे गर्न खोजिरहेको चर्चा पनि निकै थियो।

    अहिले भने उनले गुपचुप आफ्नी प्रेमिकासँग बिहे गरेको हल्ला फैलिएको छ। बलिउड लाइफका अनुसार हाल आमिर आफ्नो ‘दंगल’ फिल्ममा सँगै अभिनय गरेको अभिनेत्री फतिमा साना शेखसँग प्रेम सम्बन्धमा छन्। यससँगै केही दिन यतादेखि सामाजिक सञ्जालभर उनीहरुको एउटा फोटो भाइरल भइरहेको छ। जसले गर्दा प्रशंसकले उनीहरु वैवाहिक जीवनमा बाँधिएको अनुमान गरेका हुन्।

    सो फोटोमा आमिर पार्टी लुगामा देखिएका छन् र फातिमा भने सारीमा सजिएकी हुन्छिन्। उनीहरुले क्यामरामा हेरेर नै पोज दिएका छन्। त्यसो भए आमिरले साँच्चिकै तेस्रोेपटक बिहे गरेका हुन् त? बलिउड लाइफले आमिर र फातिमाको भाइरल फोटो झुटो रहेको बताएको छ।

    वास्तवमा त्यो फोटोमा आमिरको छेउमा रहेकी महिला उनकै पूर्व श्रीमती किरण हुन्। आकाह अम्बानी र श्लोका मेहताको इन्गेजमेन्ट कार्यक्रमको बेला उनीहरुले सँगै फोटो खिचाएका थिए। त्यही फोटो लिएर केही व्यक्तिले किरणको टाउको हटाएर त्यसमा फातिमाको अनुहार राखेका रहेछन्। यसले आमिर र फातिमाको बिहे नभएको प्रमाणित भएको छ।

    तै पनि आमिर र किरणको सम्बन्ध-विच्छेदको मुख्य कारण फातिमा रहेको हल्ला अझै चलिरहेको छ। यी दुई कलाकारले ‘दंगल’ र ‘ठग अफ हिन्दुस्तान’ फिल्ममा सँगै अभिनय गरेका थिए। दंगलले ब्लकबस्टरमा राम्रै कमाइ गरे पनि यता ठग अफ हिन्दुस्तान भने फ्लप भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images