कालीकोट । कालीकोटकी एक कोरोना संक्रमित महिलालाई उनका श्रीमानले ८ घण्टा पिठ्यूँमा बोकेर सदरमुकाममा रहेको कोभिड अस्पताल पुर्याएका छन् ।
सोमबार कालीकोटको नरहरिनाथ गाउँपालिका– ६ की भरु बिकलाई उनका श्रीमान् गज्जे बिकले पिठ्यूँमा बोकेर ८ घण्टामा कालिकोटको सदरमुकाममा रहेको कोभिड अस्पतालमा भर्ना गराएका हुन् ।
यातायातको सुविधा नभएको नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म गज्जेले श्रीमतीलाई पिठ्यूँमा नै बोकेर ल्याएका थिए । राजमार्गमा पनि सवारीसाधन नपाउँदा बोकेर नै सदरमुकाम ल्याएको गज्जेले बताए ।
दमको रोगी रहेकी आफ्नी श्रीमतिलाई गाउँमा द’मले बढी च्यापेपछि सदरमुकाममा रहेको अस्पतालमा बोकेर नै ल्याएको गज्जेले बताए ।
‘पहिलादेखि नै यो दमको रोगी थिई । गाउँमा बिरामले च्यापेपछि सदरमुकाममा ल्याएको हुँ,’ उनले भने, दमको रोग बढेपपछि गाउँमा कोरोना संक्रमित होली भनेर कसैले सहयोग नगरेका कारणले आफू एक्लैले सदरमुकाम ल्याएको हुँ ।
मान्म सदरमुकाममा रहेको को(भि’ड अस्पतालमा चे’कजाँच गर्दा उनमा कोरोना पोजिटिभ देखिएको कोभिड अस्पतालका प्रमुख डा। राजकमल कार्कीले बताए ।
‘उहाँले श्रीमतिलाई बोकेर अस्पतालमा पुर्याउनु भएको हो,’ कार्कीले भने, उहाँमा दम रोग रहेछ । अक्सिजनको मात्र कम रहेको छ । उहाँको उपचार अहिले अक्सिजन दिएर भइरहेको छ ।
स्थानीय तथा जिल्ला तहका अस्पतालहरूले कोरोना संक्रमितका बिरामी एम्बुलेन्स र कर्णाली प्रदेश सरकारले दुर्गमका को’रोना संक्रमितका जटिल बि’रामीलाई हेलिकप्टरबाट उद्दार गर्ने निर्णय गरेको भए पनि गज्जेले त्यसबारे जानकारी नभएको बताए ।
‘त्यो कुरा त ठू’लाबडालाई थाहा होला । म गाउँमा बस्ने साधारणलाई के थाहा ? उनले भने, ‘वडा अध्यक्षले बोकेर मान्म कोरोना अस्पतालमा लैजा भन्नुभयो । त्यही आधारमा ल्याएको हुँ ।’
कर्णाली प्रदेश सरकार र स्थानीय तहले कोरोना संक्रमितका बिरामीलाई उपचार तथा उनीको उद्दारका लागि बिभिन्न नीति नि’यम बनाएको भए पनि दु’र्गम तथा पिछडिएका सर्वसाधारणले त्यसको सहुलियत प्रयोग गर्न सकेका छैनन् ।


विश्व खबर 




















