images
images
  • निर्माणाधिन क्रिकेट रङगशालाको कामबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ। निर्माणका लागि रकम संकलन हुन नसकेपछि भरतपुर महानगरलाई स्वामित्व लिन अनुरोध गर्दै फाउण्डेशन पछि हटेको हो ।

    फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड(१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ।

    फाउण्डेशनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ुफाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाई भएको छ।ु

    सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ। सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ। महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन्।

    यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images