काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।
निवर्तमान सीईओ भुवनकुमार दाहालको कार्यकाल सकिएपछि पाण्डेलाई माघ १२ गतेदेखि लागू हुने गरी बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरिएको हो ।
२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डेले असोज २०७८ देखि बैंककै नायव प्रमुखकार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका थिए । उनले बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामो अनुभव संगालेका छन् भने नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















