काठमाडौं : एक लाइभ कन्सर्टमा हलिउड गायिका सोफिया उरिस्ताले स्टेजमै एक पुरुष प्रशंसकलाई बोलाएर उनको मुखमा पिसाब गरेकी छन् । उनले स्टेजमा पुगेका प्रशंसकलाई सुताएर मुखमा पिसाब गरिदिएकी हुन् ।
यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ। सामाजिक सञ्जालमा पनि ट्रोल भएपछि गायिकाले आफ्नो गल्तीप्रति माफी मागेकी छन्। उनले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैमाथि दुःख पुर्याउनु नरहेको उल्लेख गरेकी छन्।
घटनाप्रति गायिकाको ब्यान्ड ब्रास अगेन्स्टले पनि माफी मागेको छ। गत महिना भएको एक लाइभ कन्सर्टको भाइरल भिडियोमा सोफियालेआफ्नो पाइन्ट खोलेर प्रशंसकको मुखमा पिसाब गरको देख्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















