नयाँ दिल्ली । भारतीय अभिनेता सलमान खानको हरेक फिल्म हेर्न दर्शकहरू सधैं उत्सुक रहन्छन् । उनको जीवनका सुपरहिट फिल्ममध्ये ‘बजरंगी भाईजान’ पनि एक हो ।
फिल्म बजरंगी भाईजानलाई स्वदेश तथा विदेशका दर्शकहरुले खुबै रुचाए । आजभोलि प्रायः पहिलो फिल्मको सिक्वेल बनाउने चलन छ । त्यसैगरि ‘बजरंगी भाईजान’को सिक्वेल पनि बनाइने भएको छ ।
मुम्बईस्थित फिल्म ‘आरआरआर’को प्रि–रिलिज कार्यक्रमको आयोजनामा ‘बजरंगी भाईजान’ फिल्मको सिक्वेल बनाइने जानकारी दिइएको हो । कार्यक्रममा उपस्थित अभिनेता सलमान खानले ‘बजरंगी भाईजान’को सिक्वेल बनाउने घोषणा गरेका हुन् । यस सिक्वेलको कथा ‘बाहुबली’ फिल्म निर्देशक एसएस राजामौलीका बुवा केवी विजयेन्द्र प्रसादले लेख्नेछन् ।
‘बजरंगी भाईजान’ फिल्मको कथा पनि केवी विजयेन्द्र प्रसादले नै लेखेका हुन् । फिल्मको निर्देशन कबीर खानले गरेका थिए । फिल्ममा सलमान खानकासाथै नवाजुद्दीन सिद्दीकी, करीना कपूर र हर्षाली मल्होत्राको मुख्य भुमिको रहेको थियो । फिल्म १७ जुलाई २०१५ मा रिलिज भएको थियो ।


विश्व खबर 



















