images
images
  • ‘प्रेमगीत–३’मा बलिउडका चर्चित गायकहरुद्धारा गाए गीत

    काठमाडौं । कलिउड फिल्म उद्योग अर्थात नेपालको फिल्म उद्योगमा बलिउडको दबदबा पहिल्यै देखि नै कायम छ । शुरुमा त नेपालमा गीत रेकर्डिग गर्न पनि मुम्बई जानुपर्ने थियो । त्यसैगरी नेपाली चलचित्रमा भारतीय पाश्वइ गायकहरुद्धारा गीत गाउने चलन पनि धेरै पहिला देखिको हो । अहिले आएर सन्तोष सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को हिन्दी संस्करणको गीत रेकर्डको काम पूरा भएको छ । फिल्मको हिन्दी संस्करणको गीतमा भारतीय चर्चित हस्तीहरुले आवाज दिएका छन् ।

    यो फिल्ममा त हिन्दी संस्कराण्मा भारतीय गायकले गीत गाएका छन् । यो भन्दा पहिला कुमार सानु, सोनु निगम, आशा भोसले जस्ता गायकहरुले नेपाली फिल्ममा स्वर दिएका थिए । निर्माता–निर्देशक सन्तोष सेनका अनुसार फिल्ममा समावेश ‘ये सनम तुही तु’लाई राहत फतेह र ‘तुम प्यार हो’ गीतलाई अंकित तिवारी र पलक मुछालले स्वरबद्ध गरेबका छन् । त्यस्तै ‘मुझ्ने बस् जना’ गीतलाई भने देव नेगी र पलक मुछालले स्वरबद्ध गरेका छन् । फिल्ममा समावेश उक्त ट्रयाकलाई कुमार र एम तुराजले लेखेका हुन् । योसँगै हिन्दी संस्करणको सबै गीतको काम सकिएको निर्माता–निर्देशक सेनले जानकारी गराएका छन् ।

    सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको ‘प्रेमगीत–३’ आगामी फागुन १३ गतेबाट दर्शकमाझ रिलिजमा आउदैछ । कोरोना महामारीको कारण रिलिजमा ढिलाइ भएतापनि यस फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा फाइदा पुगेको छ । ‘प्रेमगीत–३ को’ भारतको वितरण अधिकार भारतीय कम्पनी इम्पोसिबलले लिएको छ ।

    सेनको बहुप्रतिक्षित ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई सुजल बस्नेतको मुख्य भूमिका रहेको छ ।

    करिब दुई सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा प्रस्तुत गरिएको फिल्मलाई छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images