images
images
  • ज्वरो आएको छ ? यस्ता छन् घरेलु उपायहरु

    काठमाडौं । ज्वरो आउनु भनेको शरीरको ताप्रक्रम बढ्नु हो । ९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई आवश्यक सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई नै ज्वरो भनिन्छ ।

    १०४ डिग्री फरेनहाइट ९४ ( डिग्री सेल्सियस)भन्दामाथी शरीरको तापक्रम पुग्नु खतराजनक मानिन्छ । ज्वरो आउनु शरीरमा इन्फेक्सन भएको पहिचान हो। भाइरस ब्याक्टेरिया जस्ता सूक्ष्म कीटाणुको संक्रमणका कारण वा शरीरमा ठूलै चोटपटक लाग्दा ज्वरो आउँछ।

    शरीरमा कुनै ब्याक्टेरिया वा भाइरस प्रवेश गर्दा तपाइँको शरीर भित्र भएको इम्युनिटीले ती ब्याक्टेरिया वा भाइरसहरुलाई मार्न युद्द गरिरहेको हुन्छ । तर समय र परिस्थितिअनुसार केही क्षणलाई शरीरको तापक्रम बढेको पनि हुन सक्छ जसलाई ज्वरो मानिदै‌न । जस्तै निकै गर्मिमा हिड्नेको बेला, दौडिएको बेला, व्यायम गरेको बेला वा कुनै बेला ९९.५ डिग्री फरेनहाइट देखि १०० डिग्री फरेनहाइटसम्म पुग्न सक्छ तर पछि आफैं नर्मल हुनेछ। यस्तो भए पुन चेक गरी ज्वरो आएको हो वा होइन भनेर छुट्याउन सक्नु हुनेछ।

    ज्वरो विभिन्न कारणले गर्दा आउने गर्दछ । जस्तै इन्फेक्सन हुँदा, भाइरल फ्लु हुँदा, भाइरल रोग हुँदा, डेंगू रोगको लक्षण हुँदा पनि ज्वरो आउने गर्दछ । साथै डेंगू मच्छरले टोक्दा, मलेरिया हुँदा, निमोनिया, टाइफाइड, बर्डफ्लु हुँदा पनि ज्वरो आउन सक्छ । यस्तै कुनै अंगमा दुखाई बढ्दा, रुघाखोकी लाग्दा वा कुनै पनि अंगको अप्रेसन गर्दा पनि ज्वरो आउने गर्दछ ।

    यस्ता छन् ज्वरो हटाउने घरेलु उपायहरु
    –मेथी भुटेर खाने ।

    –हर्रा–बर्रा पोलेर वा हल्का तातो बनाई खाने ।

    –तातोपानीमा चिराइतोको रस राखेर पिउने । यदि तपाईको प्रसर लो भए यो विधि अपनाउनु हुँदैन ।

    –तातो पानीमा मरिचको धुलो साथमा कालो नुन राखेर पिउने ।

    –अलैंची, ल्वांग, पाखन्वेद खाने ।

    –लसुनलाई छोडाएर पोलेर वा पानीमा राखेर उमालेर खाने ।

    –एक गिलास पानीमा अदुवा लसुन, बेसार, तुलसीको पात राखेर उमालेर पिउने ।

    –ल्वांग, चिराइतोको पेस्ट बनाई दिनको दुई पटक तातो पानीमा पिउने (चिराइतो नभए ल्वांग मात्रै)

    –मेथीको सागमा लसुन, अदुवा मिसाई उमालेर बाक्लो लेदो बनाएर खाने ।

    –निमको पातलाई पिसेर उमालेर सेवन गर्ने । यदि तपाईको प्रसर लो भए यो विधि अपनाउनु हुँदैन ।

    –अदुवा, लसुन पकाएर मनतातो हुने गरी सेलाएर मह मिसाई पिउने ।

    –तातो पानी प्रसस्त पिउने ।

    –तातो–बाक्लो दाल, चना उमालेर खाने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images