काठमाडौं । विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको मिसेस नेपाल वर्ल्डको अन्तिम प्रतिस्पर्धा सुनसरीकी सोनु राना मगरसहित २४ जना महिलाबीच हुने भएको छ ।
एक महिने प्रशिक्षणपछि पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने प्रतियोगितामा साेनुसहित २४ महिलाहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगितामा सोनु मगर ढुंगेल, रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुस्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानियाँ, जयन्ती राई, बिनिता कुइँकेल, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ तामाङ, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सृजना सुवेदी, निरन्जना भेटवाल, समीक्षा कार्की, माला सुनार र उषा रजक सहभागी छन् ।
रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वर्ल्डको आधिकारिक फ्रेन्चाइजी प्राप्त गरेसँगै मिसेस नेपाल वर्ल्डका रूपमा हुने प्रतियोगिता अब वाइवाइ मिसेस नेपाल वर्ल्डका नाममा हुनेछ ।


विश्व खबर 



















