images
images
  • आयुष्मान खुराना वाणी कपुरको फिल्मको ओपनिंग डे कलेक्सन, सोलो रिलिजको बाबजुद कमजोर शुरुआत

    १० डिसेम्बरको सिनेमाघरमा रिलिज भएको आयुष्मान खुराना र वाणी कपुरको रोमान्टिक कमेडी फिल्म चंडीगढ करे आशिकी एक साहसिक र वर्जित विषयको इमोशनको साथ संवेदनशील तरिकाले दर्शाउँछ । फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ जसको असर फिल्मको बक्स अफिस कलेक्सनमा देखिएको छ । अभिषेक कपुरको निर्देशनमा चंडीगढ करे आशिकी को शुरुआत कमजोर छ । फिल्मले आफ्नो रिलिजको पहिलो दिन ३.७५ करोडको कमाई गर्यो ।

    आयुष्मान खुरानाको चंडीगढ करे आशिकी

    आशा गरिएको छ कि आउने दिनमा चंडीगढ करे आशिकीको बक्स अफिस कलेक्सनमा उछाल देख्न पाइनेछ । तर चंडीगढ करे आशिकीले आयुष्मान खुरानाको पछिल्लो फिल्म नौटंकी सालाभन्दा बढी राम्रो ओपनिंग गरेको छ । उनको पछिल्लो रिलिज भएको फिल्म नौटंकी सालाको ओपनिंग डे कलेक्सन ३.२५ करोड थियो ।

    तर चंडीगढ करे आशिकी आयुष्मानको पछिल्लो फिल्म बाला, ड्रीम गर्ल, शुभ मंगल ज्यादा सावधान, बधाई हो, आर्टिकल १५ को ओपनिंग डे कलेक्सनलाई पछार्न सकेन । बालाले आफ्नो रिलिजको दिन १०.१५ करोड रु, ड्रीम गर्लले १०.०५ करोड रु., शुभ मंगल ज्यादा सावधानले ९.५५ करोड रु., बधाई हो ले ७.६५ करोड रु र आर्टिकल १५ ले ५.०२ करोड रु. भारतीय रुपैयाँको बक्स अफिस कलेक्सन गरेको थियो । यसै गरी आफ्नो ओपनिंग डेमा ३.७५ करोडको कमाई गरेर चंडीगढ करे आशिकी आयुष्मानको छैठौं सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको छ । जबकी आफ्नो ओपनिंग डेमा शुभ मंगल सावधानले २.७१ करोड रु., अंधाधुनले २.७० करोड रु. र बरेलीकी वर्फीले २.४२ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

    भनिएको छ कि किनकी चंडीगढ करे आशिकी बक्स अफिसमा सोलो रिलिज भएको थियो । यसकारण यसको सामुन्ने कुनै अरु फिल्म मुकाबलेको लागि थिएन । यसकारण आउनेवाला दिनमा यसको बक्स अफिस कलेक्सनमा बढोत्तरी देख्न मिल्नेछ । ट्रेड एनालिस्टलाई मान्ने हो भने चंडीगढ करे आशिकी आफ्नो ओपनिंग वीकेंडमा करीब १८ करोड रु. भारतीयको कारोबार गर्न सक्दछ ।

    यस फिल्ममा आयुष्मान र वाणी पहिलो पटक स्क्रिन शेयर गरेको देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images