images
images
  • कडा सुरक्षाको बाबजुद कैटरिना र विकीको विवाहको जयमालाको भिडियो भयो सोशल मिडियामा लीक

    कैटरिना कैफ र विकी कौशलको विवाह भैसकेको छ । दुवैले आफ्नो आफ्नो इंस्टाग्राममा विवाहको तस्विर शेयर गरेर आफ्नो विवाहको अफिशियली अनाउंसमेन्ट गरिसकेका छन् ।

    विक्की र कैटरिनाको विवाहको तस्विर देख्नको लागि उनीहरुको फैंसले निकै व्यग्रताका साथ पर्खिरहेका थिए । यी तस्विरमा विक्की र कैटरिनाको जोडी शानदार देखिएको छ । विक्की र कैटरिनाको विवाह सवाई माधोपुरको सिक्स सेन्स होटल बरवाडामा भएको थियो र विवाहमा दुवै निकै सुन्दर देखिएका थिए ।

    कैटरिनाले सब्यसाचीको लहंगा लगाएकी थिइन् । त्यसो त यस जोडीले विवाहको तैयारीलाई पूर्ण रुपमा सिक्रेट राखे तर वरमाला हालेको यस जोडीको भिडियो र तस्विर भाइरल भयो । आउने पाहुनाको लागि सुरक्षाको व्यवस्था तगडा गरिएको थियो तर जयमाला हालेको कैटरिना र विक्कीको यो तस्विर निकै भाइरल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images