images
images
  • एमालेको चुनावी गीत ‘मै‌ पनि एमाले’की गायिका प्रिया बाँधिइन् वैवाहिक जीवनमा

    १९ मंसिर, काठमाडौं । ‘सैं पनि एमाले, मै पनि एमाले’ लगायत दर्जनौं गीतमा स्वर दिएकी गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाँधिएकी छन् । आइतबार उनले अमेरिका बस्दै आएका पाल्पा तानसेनका प्रभात अधिकारीसँग विवाह गरेकी हुन् ।

    केही समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । गुल्मीमा जन्मिएर बुटवलमा बसेर अध्ययनसँगै सांगीतिक यात्रालाई अगाडि बढाइरहेकी प्रियाको विवाह बुटवलको जोगीकुटीस्थित एक पार्टी प्यालेसबाट भएको हो ।

    एमालेको चुनावी गीत ‘सैं पनि एमाले, मै पनि एमाले’मा बद्री पंगेनीसँग स्वर दिएपछि प्रिया चर्चामा आएकी थिइन् । उनले बद्री पंगेनीसँगै गाएको ‘कान्छी ओइ कान्छी’ बोलको लोकदोहोरी गीतलाई पनि स्रोता(दर्शकले रुचाएका थिए ।

    केही दिनअघि मात्रै सार्वजनिक भएको वैकुण्ठ महतको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि प्रियाले स्वर दिएकी छन् । प्रियालाई बधाई दिन एमालेका केही नेताहरु बुटवल पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images