images
images
  • रेखा थापाद्वारा राप्रपा महामन्त्रीमा उम्मेदवारी घोषणा

    काठमाडौं । अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गरेकी छन् । आफ्नो उम्मेदवारी घोषणा गर्दै अभिनेत्री थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् ।

    काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

    राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् ।

    नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images