images
images
  • एमालेको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण र पहिलो बैठक सौराहामा

    सौराहा-नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने भएको छ ।

    नेकपा एमालेको दसौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहण र पहिलो बैठक बन्द सत्रस्थलमै हुने भएको छ। महाधिवेशनअन्तर्गत मंगलबार बिहान मतदान सकिएपछि हाल मतगणना जारी छ। पार्टीको केन्द्रीय महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा जारी छ।

    उद्घाटन सत्र नारायणी नदी किनारमा गरेको एमालेले बन्द सत्र सौराहाको होटल सेभेन स्टारमा आयोजना गरेको थियो। मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्ने मिति तय भए पनि सहमति जुटाउने पार्टी सभापतिको प्रयास असफल भएपछि निर्वाचनमा गएको थियो। सोमबार रातिबाट भएको मतदानमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहितका पदाधिकारीसहित केही केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो।

    नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images