ऋालिया भट्ट चाँडै नै एस एस राजामौलीको बहुप्रतिक्षित फिल्म आरआरआरबाट आफ्नो साउथ डेब्यु गर्न गैरहेकी छिन् । यस फिल्ममा आलिया भट्ट स्पेशल कैमियो गर्दै देखिने छिन् । केही दिन पहिले बलिउड हंगामाले बताएको छ कि आरआआरमा अजय देवगन, जो स्पेशल कैमियो गरेका छन् मात्र ८ मिनेटको लागि देखिनेछन् । अब हामलाई आलिया भट्टको रोलको बारेमा पनि एक्सक्लुसिव जानकारी मिलेको छ ।
आरआरआरमा आलियाको रोल
हामीले सुनेका छौं कि आरआरआरमा आलिायको रोल १५ मिनेटभन्दा बढी छैन । “यो उनको फिल्मी क्यारियरको अहिलेसम्मको सबैभन्दा छोटो भूमिका हो र यो संजय लीला भसालीको गंगुबाई काठियावाडीबाट निकै विपरित हुन्छ जहाँ उनी व्यवहारिक रुपबाट प्रत्येक फ्रेममा देखिनेछिन् । आलियाले आफूलाई एक जुनियर कलाकार किन बनाइन् ? ” हालै आलियासँग काम गरेका डाइरेक्टरले बेखुसी हुँदै सोधे ।
आलिया यो कुरालाई लिएर निकै स्पष्ट छिन् कि उनले आरआरआर किन गरिन् । जस्तो कि आलियाले एक पटक मसँग भनेकी थिइन्, “करण जौहरद्धारा लान्च गरेपछि मेरो ड्रीम लिस्टमा दुई यस्तो डाइरेक्टर थिए जससँग मैले काम गर्न चाहन्थे । ती दुई डाइरेक्टर संजय लीला भंसाली र एसएस राजामौली । म आरआरआर मा आफ्नो भूमिकाको लम्बाईलाई परवाह गरिन् । उनको साथ काम गर्नु नै मेरो लागि ठूलो कुरा थियो ।”


विश्व खबर 



















