images
images
  • प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक फागुन १९ गते बस्ने

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक १९ गते बस्ने भएको छ । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा तय गरिएको छ ।

    यसअघि बिहान सिंहदरबारमा बसेको सचिवालयको बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।

    स्थायी कमिटी बैठकको मिति भने तय गर्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images