बलिउड र हलिउडमा सफलताको झण्डा गाडिसकेकी कलकाकार प्रियंका चाेपडा लगातार सोशल मिडियामा चर्चामा रहन्छिन् । गएको दिनमा प्रियंका चाेपडाले आफ्नो सरनेम जोनस इंस्टाग्राम र ट्व्टर अकाउण्टबाट हटाइन् । सरनेम हटाउने बित्तिकै प्रियंका चाेपडाको डिभोर्सको खबर आगो जरी फैलियो । त्यसैगरी मिडिया रिपोर्टसमा यो पनि दावी गरिएको छ कि प्रियंका र उनको पति निक जानोसको बीच सबै कुरा ठीक चलिरहेको छैन ।
तर प्रियंका चाेपडाले अहिलेसम्म फैंसलाई यस बारे बताएकी छैनन् कि उनले कुन कारणले आफ्नो सरनेम हटाएकी हुन् । यसैबीच प्रियंका चोपडाको आमा मधु चाेपडाले ठूलो बयान दिएकी छिन् । प्रियंका चोपडाले डिभोर्सको खबरलाई मधु ोपडाले बकवास बताएकी छिन् । मिडिया रिपोर्टस्को अनुसार मधु चाेपडाले भनिन् यो सारा खबर गलत हो । म तपाईहरु सबैलाई अनुरोध गर्दछु कि कुनै प्रकारको हल्ला नफैलाउनुहोस । दुवैका बीच सबै कुरा ठीकठाक छ ।
मधु चोपडाको बयान सामुन्ने आएपछि प्रियंका चोपडाले पनि यस बारेमा इशारा गरेकी छिन् कि उनको र निकको बीच सबै कुरा ठीक छ । सरनेम हटाउनुको पछाडि कारण अर्कै छ । सरनेम हटाएपछि प्रियंका चोपडाले आफ्नो पति निक जोनसको पोस्टमा कमेन्ट गरेकी छिन् । यस लेटेस्ट पोस्टमा निक जोनस हैवी वर्क आउट गरेको देखिन्छन् ।
आफ्नो यस पोस्टमा निक जोनसले लेखेका छन्, मनडे मोटिवेशन…. । अब यस कामलई पुरा गर्नुपर्यो । निकको यस पोस्टमा प्रियंका चोपडाले कमेंट गरेकी छिन् । प्रियंका चोपडाले जमानाको सामुन्ने निकलाई तारिफ गरेकी छिन् । प्रियंका चोपडाले लेखेकी छिन्, तिम्रो यी बाहोंमा म मर्न चाहन्छु ।


विश्व खबर 



















