images
images
  • आज एमाले स्थायी कमिटी बैठक, ओलीले पत्रकार सम्मेलन गर्ने

    काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    एमालेले साेमबार स्थायी कमिटी डाकेकाे थियाे । तर नेताहरुकाे कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएकाे थियाे ।

    एमालेकाे १०औँ महाधिवेशनकाे तीन दिन अघि स्थायी कमिटी बस्न लागेकाे हाे । बैठकले महाधिवेशन प्रतिनिधि मनाेनयन गर्ने नेता तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिकाे पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयकाे हाराहारीमा महाधिवेशन प्रतिनिधि मनाेनित हुनेछन् ।

    बैठकमा महाधिवेशनकाे तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ । यसैबीच एमाले अध्यक्ष केपी ओलीले आज नै पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images