images
images
  • एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

    अशनिबार अपरान्ह ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक जीवन र निर्वाचन घोषणा भैसकेको अवस्थाबारे छलफल हुनेछ ।

    यसैगरी पार्टीको रणनीति र यसबीचमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका ओलीले गएराति प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेका छन् । यसलाई विपक्षी गठबन्धनले प्रतिगमन भाग २ भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images