images
images
  • पाँच स्थानीय तहका ४० वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

    डोल्पा – कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वडामा अधिवेशन सम्पन्न गरेको हो ।

    क्रियाशील सदस्य विवादका कारण लामोसमयदेखि रोकिएको वडा अधिवेशनमा सम्पूर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जनाएको छ । उपल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा भने अझै अधिवेशन भएको छैन् । पार्टीको संगठन भए पनि समय अभाव, भौगोलिक कठिनाइ र जनशक्ति परिचालनमा समस्या हुँदा उपल्लो डोल्पामा वडा अधिवेशन गर्न नसकेएको सभापति अंगतकुमार बुढाले बताए । जगदुल्ला गाउँपालिकाका १ र ३ वडामा अधिवेशन भइसकेको र बाँकीमा पनि गर्ने तयारी भइरहेको बुढाको भनाइ छ ।

    वडा अधिवेशनमा अल्पसङ्ख्यक, अपाङ्ग र दलित महिला प्रतिनिधिहरू पाउनै मुश्किल भएको कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images