images
images
  • दुबईको मरुभूमिमा एटीभी राइड गरेको देखिए श्रीदेवीको लाडलीहरु जाह्नवी कपुर र खुशी कपुर

    जाह्नवी कपुर अहिले आफ्नो बहिनी खुशी कपुरको साथ दुबईमा वेकेशन मनाइरहेकी छिन् । यही दौरान दुवै बहिनीको बान्डिंगलाई मानिसहरुले निकै मन पराएका छन् । साथै जाह्नवी कपुर र खुशी कपुरको सुन्दर तस्विरहरु सोशल मिडिायमा भाइरल भइरहेको छ ।

    जाह्नवी कपुर खुशी कपुरको वेकेशन टाइम

    जाह्नवी र खुशीले दुबईको मरुभूमिमा एटीभी राइड गरेको आफ्नो केही फोटोज शेयर गरेका छन् । जाह्नवीले एटीी राइड गर्दै आफ्नो केही फोटोज शेयर गर्दै लेखेकी छिन् , “डिजर्ट इन द डेजर्ट ।” फोटोमा जाह्नवी आफ्नो बहिनी खुशी र आफ्नो एक फ्रेण्डको साथ एटीभी बाइकमा पोज दिंदै देखिएका छन् । यसै दौरान जाह्नवी र खुशीको ग्लैमरस लुक चर्चाको विषय भएको छ ।

    जाह्नवीको लुकको कुरा गर्ने हो भने उनले ब्लू डेनिम शर्टसको साथ ब्राउन क्राप टप कैरी गरेकी छिन् । यसको साथ जाह्नवीले ब्ल्ेक एण्ड व्हाइट हेडगियरले आफ्नो लुकलाई कंप्लीट गरेकी छिन् ।

    वर्क फ्रण्टको कुरा गर्ने हो भने यस साल रिलिज भएको रुहीमा देखिएकी जाह्नवी चाँडै नै दोस्ताना २ र गुड लक जेरीमा देखिनेछन् ।

    janvi3

    प्रतिक्रिया दिनुहोस्
    images
    images