images
images
  • विरुष्काको छोरीलाई धम्की दिने व्यक्ति गिरफ्तार, फरहानले गरे मुम्बई पुलिसको तारिफ

    विराट कोहली र अनुष्का शर्माको छोरी फिल्म र क्रिकेट इंडस्ट्रीको फेमस स्टारकिड हुन् । टी २० वल्र्ड कपमा लगातार भारतको हार पछि एक व्यक्तिले विराटको छोरीलाई रेप गर्ने धम्की दिएका थिए । अब यस मामिलामा २३ वर्षिय आरोपीलाई मुम्बई पुलिसको साइबर सेलले हैदराबादबाट गिरफ्तार गरेको छ ।

    आरोपीको गिरफ्तारी पछि एक्टर फरहान अख्तरले सोशल मिडियामा खुशी व्यक्त गरेका छन् । पुलिस अधिकारले बताए कि सफ्टवेयर इंजीनियर र संगारेड्डी इलाकाको निवासी रामनागेश अकुबाथिनीलाई मुम्बई पुलिसको एक टिमले बुधबार गिरफ्तार गरेको छ, त्यसपछि उनलाई मुम्बई लाइएको छ ।

    फरहान अख्तर भए खुशी

    फरहान अख्तरले ट्वीट गरेर व्यक्तिको गिरफ्तारीमा खुशी व्यक्त गर्दै यो पनि आशा गरेका छन् कि महिला पत्रकारहरुलाई मिलेको यसै किसिमको धम्कीमाथि पनि कडा भन्दा कडा एक्शन लिइनेछ । फरहान अख्तरले लेखेका छन्, “मलाई यो सुनेर निकै खुशी लागेको छ कि मुम्बई पुलिसको साइबर सेलले एक बच्चीलाई बलात्कार गर्ने धम्की दिनेवाला त्यस घटिया व्यक्तिलाई पत्ता लगाएर गिरफ्तार गरेको छ । अब म यसै प्रकारको एक्सनको आशा महिला पत्रकारको लागि पनि गर्दछु जसलाई लगभग प्रत्येक दिन बलात्कार गरिने धम्की दिइएको हुन्छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images