images
images
  • शिक्षामन्त्री र सचिव फान्स भ्रमणमा

    काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फान्स भ्रमणमा गएका छन् ।

    संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०को ४१औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेका हुन् ।

    मन्त्री पौडेलले बिहीबार महासभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

    मन्त्री पौडेलसँगै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, युनेस्कोको लागि नेपालका सहायक महासचिव बाबुराम अधिकारीलगायत फान्स भ्रमणमा गएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images