images
images
  • अध्यक्ष ओलीले १० बुँदे कार्यान्यन नगरेको भन्दै डडेल्धुराका अध्यक्ष डा.जोशीसहित सिंङ्गो कमिटी नै समाजवादीतिर

    डडेल्धुरा-नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृत्वसहितको टोली माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीतिर लागेको छ।

    समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार एमालेका तत्कालीन अध्यक्ष डा.तारा जोशीसहितका नेता कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका हुन्।समाजवादीतिर लाग्ने क्रममा डा। जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको आरोप लगाए।

    उनले ओली जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको जिकिर गरे। जोशीले ५१ सदस्यीय जिल्ला समितिका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा लागेको घोषणा गरे। १४ जना भातृ संगठन प्रमुखको टोलीसहित समाजवादीतिर लागेको पनि जोशीले दाबी गरेका छन्।सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिविपरीत गतिविधि गराएपछि डडेल्धुरामा एमाले विभाजन भएको हो।

    डा.जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउदलाई अर्का अध्यक्ष बनाएका थिए।केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने डा। जोशीले माग गर्दै आएका थिए। तर आफ्नो कुरा नसुनिएपछि जोशी समाजवादीतिर लागेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images