images
images
  • पूनम पाण्डेको पति सैम बाम्बेलाई पुलिसले ग-यो गिरफ्तार, मोडलले लगाइन् मारपिटको आरोप

    मोडल र अभिनेत्री पूनम पाण्डेको पति सैम बाम्बेलाई मुम्बई पुलिसले गिरफ्तार गरेको छ । पूनमले पतिलाई मारपीट गरेको आरोप लगाएकी छिन् त्यसपछि सोमबार साँझ पुलिसले सैमलाई गिरफ्तार गर्यो । पुलिसले बतायो कि शिकायत दर्ता गरेपछि पूनमलाई अस्पतालमा भर्ना गरिएको छ । यस मामिलामा अगाडिको जाँच भैरहेको छ ।

    पूनमको अनुहारमा लागेको छ चोट

    समाचार एजेंसी एएनआईको अनुसार मुम्बई पुलिसले भनेको छ सैम बाम्बेमाथि भारतीय दंड संहिता (आइपीसी) को धारा अनुसार मामिला दर्ता गरिएको छ । अभिनेत्रीको टाउको, आँखा र अनुहारमा चोट लागेको छ । पूनम र सैमबीच भएको विवाद बारे अहिले त्यति धेरै जानकारी आएको छैन । अहिले पुलिसले मामिलाको जाँच गरिरहेको छ ।

    लिवमा रहेपछि गरेका थिए विवाह

    पूनम र सैमले १० सेप्टेम्बर २०२० मा विवाह गरेका थिए । दुवैले सोशल मिडियामा फोटोज शेयर गरेर फैन्सलाई उनीहरुको विवाहको बारेमा जानकारी दिएका थिए । विवाह भन्दा अगाडि सैम र पूनम लामो समयसम्म लिव इन रिलेशनशिपमा रहेका थिए ।

    poonam1

    प्रतिक्रिया दिनुहोस्
    images
    images