सिन्धुली-नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी नेतृत्व परिवर्तन हुने बताएका छन्।
सभापति पदमा आफूलाई अगाडि सारेको सिन्धुलीमा आज आयोजित कार्यक्रममा सिंहले भने-‘सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी चलाउन नसक्ने दाबी गरेका छन्।’ ‘देउवा चौथो प्रयासमा सभापति हुनुभयो, तर पार्टी हाँक्न सक्नुभएन,’सिंहले भने, ‘नेता तथा कार्यकर्ताले देउवा र पौडेलले पनि पार्टी हाँक्न सक्नुहुन्न भनिरहेका छन्।’
उनले क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरे पनि महाधिवेशन प्रतिनिधिहरूले उत्तम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्।क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरून्, १३ औं महाधिवेशनको नेतृत्वलाई प्रतिनिधिले भोट दिँदैनन्,’ उनले भने।
उनले सबैलाई समेटेर जान सक्ने र विधि तथा पद्धतिअनुसार पार्टी सञ्चालन गर्न नेतृत्व परिवर्तन अनिवार्य भएको बताए। कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ।
यो पनि पढ्नहोस्ः आगामी चुनावमा कुनै दलसँग तालमेल हुँदैन, कांग्रेस एक्लै बहुमत ल्याउँछः गगन थापा


विश्व खबर 



















