images
images
  • प्रधानन्यायाधीशले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीशहरू इजलास नजाने

    काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँलाई इजलास तोकेपछि न्यायाधीशहरू इजलासमा नजाने भएका छन् ।

    प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर सातवटा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । तर, यसअघिको सहमतिविपरीत प्रधानन्यायाधीश जबराले आफैँमा इलजास तोकेका लागि सोमबार पनि इजलासमा आन्दोलित न्यायाधीशहरू नजाने भएका छन् ।

    विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेज बहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि तोकिएको छ  भने प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा. कुमार चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा छन् ।
    तर, प्रधानन्यायाधीश जबराले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीशहरू इजलासमा नजाने भएका हुन् ।

    प्रधानन्यायाधीशज्यूले आफूलाई इजलास नतोक्ने बताएपछि हामी इजलासमा जाने भएका थियौँ’, एक न्यायाधीशले भने, ‘तर, सोमबार आफैँले उहाँले इजलास तोक्नु भएकाले हामी नजाने भएका छौँ । अहिले पनि हामीहरू थप रणनीति बनाउन छलफलमै छौँ ।’

    जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।  न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् ।

    न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन
    न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ ।

    जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् । न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images