images
images
  • विक्की र कट्रीनाको रोका !

    काठमाडौँ । अहिले बलिवुड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रीना कैफको विवाहको चर्चा चलिरहेको छ । भारतीय मिडियाहरुले डिसेम्बरमा विक्की र कट्रीनाले विवाह बन्धनमा बाधिने तयारी गरिरहेको दाबी गरेका हुन् ।

    यसैबीच दिपावलीको अवसरमा विक्की र कट्रीनाले रोका गरेको इण्डिया टुडेले उल्लेख गरेको छ । विक्की र कट्रीनाले एक था टाइगर फेम निर्देशक कबीर खानको घरमा अत्यन्त निजी समारोहका बीच रोका गरेको इण्डिया टुडेले उल्लेख गरेको छ ।

    कट्रीना कैफका राखी भाई सकेत रहेका कबीरको घरमा भएको रोका सेरोमानीमा दुवै परिवारका सदस्य मात्र उपस्थित रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    विक्की र कट्रीनाले डिसेम्बरमा राजस्थानमा विवाह गर्ने तयारी गरिरहेको रिपोर्ट यसअघि प्रकाशित भएपनि कट्रीनाले सो खबर गलत भएको बताएकी थिइन् । पछिल्लो समय विक्की र कट्रीनाको अफ्येर्सको चर्चा चलिरहेको भएपनि औपचारिक रुपमा दुवैले अहिलेसम्म स्पष्ट जानकारी भने दिएका छैनन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images