काठमाडौँ । कोरोना महामारीका कारण करिब दुई बर्ष पछि बलिवुड बक्स अफिसमा खुशीयाली छाएको छ । यो खुशी अक्षयकुमार र कट्रिना कैफ अभिनित फिल्म सूर्यवंशीले दिलाएको हो ।
शुक्रबार रिलिज भएको सूर्यवंशीले आफ्नो पहिलो दिन शानदार कमाई गरेको छ । मिडिया रिपोर्टका अनुसार सूर्यवंशीले पहिलो दिन २७ करोडको कमाई गरेको छ । बक्स अफिस इण्डियाका अनुसार पुरा भारतमा ४ हजार स्क्रिनमा रिलिज भएको सूर्यवंशी विदेशमा ६६ देशमा १३ सय स्क्रिनमा रिलिज भएको छ ।
पछिल्लो पटक २०१९ मा रिलिज भएको ऋतिक रोशनको फिल्म वार पछि पहिलो दिन धेरै कमाई गर्ने सूर्यवंशी पहिलो फिल्म बनेको छ ।
फिल्म विश्लेषकहरुले फिल्मको सकारात्मक रिभ्यू गरेकाले पनि फिल्मको व्यापारमा सहयोग गरेको छ ।
रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्म कोरोना महामारीका कारण रिलिज हुनबाट रोकिएको थियो । निर्देशक शेट्टीले हलमै रिलिज गर्ने भन्दै फिल्मलाई करिब डेढ बर्ष रोकेर अन्तत हलमै रिलिज गरेका हुन् । फिल्ममा अक्षय र कट्रिनासँगै गुलशन ग्रोभर, सिकन्दर खेर, ज्याकी श्राफ, जावेद जाफरीलगायतको अभिनय रहेको छ । फिल्ममा रणवीर सिंह र अजय देवगन विशेष भूमिकामा रहेका छन् ।


विश्व खबर 



















