images
images
  • दोलखा काँग्रेस सभापति लामा काठमाडौँको जुवाखालबाट पक्राउ

    काठमाडौं । नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

    सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images